गृहपृष्ठ ‘विप्लव’ समूहका नेता ‘जीवन्त’ पक्राउ
‘विप्लव’ समूहका नेता ‘जीवन्त’ पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता मोहन कार्की ‘जीवन्त’ पक्राउ परेका छन् । सरकारले प्रतिबन्ध लगाएपछि उनलाई पक्राउ गरेको हो ।
प्रहरीले जीवन्तलाई उनकै डेराबाट शुक्रबार पक्राउ गरेको हो । जीवन्त यसअघि पनि पक्राउ परेका थिए। सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए ।
गत फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘विप्लव’ समूहलाई आपराधिक समूह ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
प्रकाशित समय १६:५४ बजे

















