गृहपृष्ठ दुर्घटनामा एक जनाको मृत्यु
दुर्घटनामा एक जनाको मृत्यु
धादिङको बेनिघाटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ग १३ प ८०८५ नंको मोटरसाइकल र ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठोक्एिर दुर्घटना भएको हो ।
दुर्घटनामा पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुनमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकसुरज अधिकारीको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रकाशित समय १५:२४ बजे

















