गृहपृष्ठ होलीमा भएको झडप नियन्त्रण गर्न प्रहरीद्वारा हवाई फायर
होलीमा भएको झडप नियन्त्रण गर्न प्रहरीद्वारा हवाई फायर
होलीमा मटका फुटाउने बिषयमा भएको झडप नियन्त्रण गर्न रौतहटमा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । झडपमा परेर करिब एक दर्जन घाइते भएका छन् । रौतहटको गुजरा नगरपालिका ९ मा मटका फुटाउने बिषयमा स्थानीय युवाबीच झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिमार भवानीपुर बजारमा भएको झडपमा आशिष चौधरी, निरज चौधरी, दिपक चौधरी, शिवजी साह, रामएकवाल साह, सोनालाल सहनी घाइते भएका छन् । घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अर्जुन चौधरी, सुकेश्वर चौधरी, पप्पु चौधरी र दिपेश चौधरीलाई पक्राउ गरेको स्थानीयले बताएका छन् । झडप नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले बताए ।
प्रकाशित समय १९:५० बजे

















