गृहपृष्ठ कोरियाली भाषा परीक्षाका लागि आवेदन खुल्यो, शुल्क तिर्न रातिदेखि नै लाइन
कोरियाली भाषा परीक्षाका लागि आवेदन खुल्यो, शुल्क तिर्न रातिदेखि नै लाइन
तस्बिर : गुगल
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । शुक्रबारदेखि भाषा परीक्षाका लागि आवेदन खुला भएको हो । भाषा परीक्षाका लागि चैत १७ गतेसम्म आवेदन दिन सकिने छ ।
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् । यसपटक आवेदन दिन लाइन बस्नु नपर्ने भएको छ । ईपीएस शाखाका अनुसार ग्लोबल आईएमई बैंकको अनलाइन तथा आईएमई–पे र ई–सेवामार्फत रकम भुक्तानी गर्न सकिने भएकाले लाइनमा बस्नु नपर्ने भएको हो ।
घरमै बसेर अनलाइनमार्फत रकम भुक्तानी गर्न र आवेदन भर्न सकिने शाखाले जनाएको छ । परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ ।
भाषा परीक्षाको आवेदन शुल्क बुझाउनका लागि युवाहरु ग्लोबल आइएमइ बैंकमा अघिल्लो रातबाटै लाइनमा बसेका छन् ।
प्रकाशित समय १२:०४ बजे

















