गृहपृष्ठ भ्यानको ठक्करबाट दाङमा एक जनाको मृत्यु
भ्यानको ठक्करबाट दाङमा एक जनाको मृत्यु
दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प ८५६२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दंगिशरण गाउँपालिका–६ का १८ वर्षीय गोरख चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
भ्यानका चालक फरार रहेको र खोजी जारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १०:०८ बजे

















