गृहपृष्ठ लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित तीन पक्राउ

pakrau-arrest-newskarobar

काठमाडौंबाट लागुऔषधसहित तीन पक्राउ परेका छन् । काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गबाट लागुऔषधसहित शनिबार एक जनालाई पक्राउ गरेको छ ।

महोत्तरीबाट काठमाडौँ आउँदै गरेको ना ५ ख १२०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा महोत्तरी गौशाला नगरपालिका–७ बस्ने अन्सु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट अवैध लागुऔषध नाइट्राभेट १६५ ट्याब्लेट बरामद गरिएको छ ।

यस्तै महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट झापा चन्द्रगढीका सुशान्त गुरागाईं र सिन्धुलीमाडी घर भई जडीबुटी बस्ने १९ वर्षीय रोहित मैनालीलाई समेत लागुऔषधसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट अवैध लागुऔषध नाइट्राभेट ४०२ ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु