गृहपृष्ठ बलात्कार आरोपमा पोखरा नगर विकास समितिका अध्यक्ष श्रेष्ठ पक्राउ
बलात्कार आरोपमा पोखरा नगर विकास समितिका अध्यक्ष श्रेष्ठ पक्राउ
यौन दुर्ब्यबहार आरोपमा एनआईसि एसियाका शाखा प्रमुख सुवेदी प्रहरी नियन्त्रणमा
किशोरी बलात्कार आरोपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष एवं पर्यटन व्यवसायी सुन्दरकुमार श्रेष्ठ पक्राउ परेका छन् । उनीसंगै एक १६ बर्षीया किशोरीमाथि यौन दुर्ब्यवहार गरेको आरोपमा एनआइसी एशिया बैंकका पर्स्याङ शाखा प्रमुख सुवास सुवेदी समेत पक्राउ परेका छन् ।
अध्यक्ष श्रेष्ठलाई उनकोे होटल दी कान्तिपुरबाट र सुवेदीलाई बैंकबाटै प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहले बताए । उनीहरुलाई प्रहरीले किशोरीले दिएको बयानको आधारमा र उजुरीको आधारमा शुक्रबार पक्राउ गरेको हो । उनीहरु हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । होटल दि कान्तिपुरका संचालक समेत रहेका श्रेष्ठले आफूलाई पटकपटक बलत्कार गरेको भनी किशोरीले प्रहरीलाई दिएको बयानमा उल्लेख गरिएको श्रोतले दावी गरेको छ । साथै किशोरीका आफन्तले श्रेष्ठविरुद्ध बलत्कार र सुवेदीविरुद्ध दुर्ब्यवहार आरोपमा उजुरी दिएका हुन् ।
पढ्नको लागि एक घरमा करिब ७ बर्षदेखि काम गर्दैै आएकी किशोरी कक्षा ८ मा अध्ययरत छात्रा हुन् । बिहिबारदेखि सम्पर्कविहिन भएकी किशोरीको खोजी कार्यमा प्रहरी र स्थानिय लागेका थिए । उनी भोलिपल्ट शुक्रबार बिहान सम्पर्कमा आएकी थिइन् । पटक पटक बलत्कार र यौन दुब्र्यवहारपछि पिडाले मर्ने मनसाय वोकेर घर छाडी हिडेको उनले साथीलाई बताएकी थिइन् ।
प्रकाशित समय ०७:०९ बजे

















