गृहपृष्ठ लायन्स क्लबले दियो लुम्बिनी अस्पताललाई ल्याब्रोटरी मेसिन
लायन्स क्लबले दियो लुम्बिनी अस्पताललाई ल्याब्रोटरी मेसिन
लायन्स क्लव अफ बुटवल स्टार्सले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई २५ लाख रुपैयाँ बराबरको विभिन्न ल्याब्रोटरी उपकरण प्रदान गरेको छ ।
बुटवलमा सोमबार एक कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल, लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष एमजेएफ लायन एमएल् पाण्डेले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनाललाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।
मिस्पा सीसी एक्स एल, मिस्पा क्लव क्रम प्लस, हेमाटोलोजी एनलाईजर नामका उपकरणहरु क्लवले प्रदान गरेको हो । साथै सोही उपकरण सञ्चालनका लागि क्लवले थप अनलाईन युपिएससमेत प्रदान गरेको छ ।
लायन्स क्लवले यसभन्दा पहिला पनि लुम्बिनी प्रादेशिक अस्पताललाई ३ लाख ५० हजार रुपैयाँ बराबरको सुगर सम्बन्धी चेकजाँच गर्ने ल्यब्रोटोरी मेसिन प्रदान गरेको थियो ।
स्वीजरल्याण्डबाट ल्याइएका उपकरणहरु विश्व स्तरका ए ग्रेडका ल्याबहरुमा प्रयोग हुदै आएको अगापे डाईग्गोनिष्टक कम्पनीका कन्ट्री म्यानेजर सुनिलकुमार शर्माले जानकारी दिए । जुन डाईग्नोष्टिक ल्याब्रोटोरी उपकरणले २ सयभन्दा बढि क्याटोगोरीमा प्रति घण्टा २ सय ४० वटाभन्दा बढि स्याम्पल टेष्ट गर्न सक्दछ ।
प्रकाशित समय १८:२४ बजे

















