गृहपृष्ठ अख्तियारका तत्कालिन आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारका तत्कालिन आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । ७८ लाख रुपैयाँ घूस लिएको अख्तियारले नै पाठकविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

आयोगले घूस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा अभियोग पत्र बुझाइएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र त्यसको (ज) अनुसार कारबाही माग गरिएको छ । दफा २४ अनुसार थप सजाय माग गरिएको छ । कसुर प्रमाणीत भए यी दुवै कानुन अनुसार पाठकले ९ देखि ११ वर्षसम्म कैद भुक्तान र ७८ लाख नै जरिवाना तिर्नुपर्ने छ । त्यसमाथि उनले घूस लिएको रकम बराबरको सम्पत्ति जफत हुने छ । न्यौपानेले भने ७८ लाख जरिवाना र ६ देखि ८ बर्षसम्म कैद सजाय भोग्नुपर्ने छ ।

प्रकाशित समय १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु