गृहपृष्ठ मधेसपछि पूर्वी नेपालको भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र

मधेसपछि पूर्वी नेपालको भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र

हालै मधेसको भ्रमण सकेका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबारदेखि पूर्वी नेपालको भ्रमण गर्ने भएका छन् । शाहले आइतबारदेखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने जनाईएको छ ।

पूर्वराजाका प्रेस संयोजक फणि पाठकले दिएको जानकारी अनुसार भ्रमणका क्रममा शाहले त्यहाँ रहेका विभिन्न मठ मन्दिरको दर्शन गर्नुका साथै समर्थकहरुसँग पनि भेटघाट गर्नेछन् ।

यसअघि फागुन २९ देखि चैत ३ गतेसम्म पूर्वराजाले मधेसका विभिन्न जिल्लाको भ्रमण गरेका थिए ।

प्रकाशित समय १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु