गृहपृष्ठ जयन्त अग्रवाल राउण्डटेबल अध्यक्ष निर्वाचित

जयन्त अग्रवाल राउण्डटेबल अध्यक्ष निर्वाचित

अन्तराष्ट्रिय राउण्ड टेबल एसिया प्यासिफिक क्षेत्रकोे काठमाडौँमा सम्पन्न बैठकमा राउण्ड टेबल नेपालका पूर्वअध्यक्ष जयन्त अग्रवाल एसिया प्यासिफिक क्षेत्रको आगामी कार्यकाल (२०१९–२०) का लागि अध्यक्ष निर्वाचित भएका छन् ।
उनी हेमन्त गोल्छा, मनोज केडिया, अमित बेगानी र आकाश गोल्छापछिको एसिया प्यासिफिक क्षेत्रको पाँचौ अध्यक्षका रुपमा निर्वाचित भएका हुन् ।
एसिया प्यासिफिक वार्षिक साधारणसभामा नेपालसहित १२ देशका १ सय टेबलर्सहरुको सहभगिता थियो । एसिया प्यासिफिक क्षेत्रको अन्तराष्ट्रिय राउण्ड टेबलमा नेपाल, भारत, श्रीलङ्का, फिलिपिन्स, अष्ट्रेलिया, हङकङ ,सिङ्गापुर, मलेसिया र न्यूजिल्यान्ड सहित १० देश सदस्य छन् । एसिया प्यासिफिक क्षेत्रको हालसम्मको अध्यक्ष श्रीलङ्काका रनिल समाराविक्रमा रहेका छन् ।

प्रकाशित समय १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु