गृहपृष्ठ देशभर मौसममा बदली, पानी पर्ने सम्भावना

देशभर मौसममा बदली, पानी पर्ने सम्भावना

mausam-newskarobar

बिहीबार देशभरको मौसममा बदली हुने भएको छ ।

दिउँसो देशको पूर्वी र मध्य भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबको दुई–तीन दिन देशभरको मौसम बदली भई धेरै स्थानमा मेघगर्जन र हावाहुरीसहितको वर्ष हुने मौसमविद्ले अनुमान गरेका छन् ।

पूर्वमा बनेको न्यूनचापीय रेखा, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले अब केही दिन मेघगर्जन र हावाहुरीसहित वर्ष हुने सम्भावन रहेको महाशाखाले जनाएको छ । बिहीबार मध्य र पूर्वको तुलनामा पश्चिममा भने थोरै पानी पर्ने महाशाखाको भनाइ छ ।

उच्च हिमाली तथा पहाडी क्षेत्रको एकदुई स्थानमा बिहीबार राति हिमपात हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित समय ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु