गृहपृष्ठ पोखरामा ट्याक्सीको ठगी उस्तै, ४१ चालक कारबाहीमा
पोखरामा ट्याक्सीको ठगी उस्तै, ४१ चालक कारबाहीमा
गण्डकी प्रदेशको राजधानी पोखरामा ट्याक्सी चालकले यात्रु ठग्ने क्रम रोकिएको छैन ।
मिटरमा ट्याक्सी संचालन गर्न नमानेका ३१ ट्याक्सीमाथि मंगलबार कारबाही भएको छ । विहिबार मात्र यात्रु ठग्ने नियतले मिटरमा ट्याक्सी संचालन नगरेका १० ट्याक्सी चालकमाथि कारबाही भएको छ । यात्रु ठगिएको सूचनाको आधारमा र सादा पोसाकका प्रहरीले अनुगमन गर्दा विहिबार पोखराका विभिन्न स्थानबाट १० ट्याक्सी चालक र ट्याक्सी नियन्त्रमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले जानकारी दिए ।
नियन्त्रणमा लिइएका ट्याक्सीलाई यातायात व्यवस्था कार्यालय गण्डकीमा पठाइएको छ । कुनै यात्रु ट्याक्सीको यात्रामा ठगिन पुगेमा वा मिटरमा ट्याक्सी संचालन नगरेमा १०० र १०३ मा सम्पर्क गरी नम्बर टिपाउन प्रमुख मिश्रले आग्रह गरेका छन् । मंगलबारदेखि कास्की कास्कीका प्रहरी प्रमुख एस.पी. ओमबहादुर रानाको निर्देशनमा पोखरामा मिटरमा ट्याक्सी संचालन गर्ने अभियान सुरु भएको हो ।
प्रकाशित समय ०७:४९ बजे

















