गृहपृष्ठ आज घोडेजात्रा, ‘गुरुमापा’ राक्षसलाई दबाउने दिन
आज घोडेजात्रा, ‘गुरुमापा’ राक्षसलाई दबाउने दिन
काठमाडौँ उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।
चैत्र कृष्ण औँसीका दिन उपत्यकामा घोडेजात्रा पर्व मनाउने चलन छ ।
टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको पीडित स्थानीयले सो राक्षसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय रहेको हुँदा घोडाको टापले कुल्चिएर दवाउने जनविश्वास रहिआएको छ ।
शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनेर आज राति सोही रुखको फेदमा गुरुमापालाई खानेकुरा चढाइन्छ । नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्दछ । आज ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।
प्रकाशित समय ०८:०९ बजे

















