गृहपृष्ठ विपक्षी दलका क्यान्सरपीडित नेताको उपचार गर्न सरकारले दियो ५ लाख
विपक्षी दलका क्यान्सरपीडित नेताको उपचार गर्न सरकारले दियो ५ लाख
प्रदेश नं. ५ सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतालाई उपचार खर्च दिने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नेपाल कांग्रेस प्रदेश ५ को संसदीय दलका नेता ८० वर्षीय बलदेव शर्मा पोखरेललाई उपचारका लागि पाँच लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
केही महिनादेखि क्यान्सर पीडित कांग्रेस नेता शर्माको उपचार काठमाडौंको नर्भिक अस्पतालमा भइरहेको छ ।
प्रकाशित समय १३:४७ बजे

















