गृहपृष्ठ ‘वैशाख ९ गतेभित्र नेकपा एकता टुंगाे लाग्छ’

‘वैशाख ९ गतेभित्र नेकपा एकता टुंगाे लाग्छ’

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने दाबी गरेका छन् । नेकपा म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले पार्टीका शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पुर्याउने कसरतमा जुटेको जानकारी दिए ।

उनले वैशाख ९ गते परेको नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिनसम्म एकताको प्रक्रिया टुङ्ग्याएर पार्टीलाई बलियो बनाउने तयारी भइरहेको बताए ।

वर्तमान सरकारले जनताको अपेक्षाबमोजिम कार्य गर्नको लागि आधार तयार गरिसकेको बताउँदै उनले भने, ‘नयाँ सविधान, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धिको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाउनुपर्छ ।’

प्रकाशित समय १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु