गृहपृष्ठ सञ्चार मन्त्रीलाई किन छाड्यो बुद्ध एयरले ? यस्तो रहेछ कारण

सञ्चार मन्त्रीलाई किन छाड्यो बुद्ध एयरले ? यस्तो रहेछ कारण

buddha-air-flight-to-rajbiraj-newskarobar

सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटालाई सोमबार भैरहवाबाट काठमाडौं आउने क्रममा विमान स्थलमै छाडेको समाचार सार्बजनिक भएपछि बुद्ध एयरले किन छाड्नु परेको भन्ने बारे स्पष्टिकरण दिएको छ ।
बुद्ध एयरका अनुसार सोमबार काठमाडौं–भैरहवाको उडान नम्बर ८५७ उडान समय दिउँसो ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले बेलुका ७ बजे भएको थियो । जहाज ७ बजेर ३२ मिनेटमा अबतरण भएको थियो ।
‘काठमाडौंबाट उड्ने बित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्री र उनको टोली सो उडानबाट नजाने जानकारी गराइएको थियो,’ बुद्ध एयरले विज्ञप्ति जारी गरेर भनेको छ, ‘उहाँहरुले वैशाख ३ गते विहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो ।’
बुद्धको भनाइमा मौसम खराबीको कारण उक्त उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यतामा थियो । त्यसै अनुरुप सबै यात्रुहरुलाई विमानमा बसालिसएिको थियो । त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्न आदेश दिएका थिए । मन्त्रीसहितको टोली करिब २०–२५ मिनेट दुरीमा रहेको होटल टाईगर प्यालेस रिसोर्टबाट हिड्ने जानकारी सहायक प्रजिअले गरेका थिए ।
बुद्धले सहायक प्रजिअको आदेश टेरेन । ‘यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमी कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो,’ बुद्धले विज्ञप्तिमा भनेकको छ, ‘जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नु पर्थ्यो।’
बुद्ध एयरले सुरक्षित र सकभर समयमै उडान भर्नु आफ्नो पहिलो दायित्व हो भन्दै व्यवस्थापनको निर्णयअनुसार सो उडान वाध्यात्मक कारणले राती ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडाएको बताएका छ ।

प्रकाशित समय १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु