गृहपृष्ठ प्रदेश ५ : दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा ऐन ल्याउँदै

प्रदेश ५ : दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा ऐन ल्याउँदै

प्रदेशका ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारले केही दिनमा यातायात ऐन ल्याउने बताएका छन् । उनले सवारी सधानको व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्नका लागि यातायात ऐन ल्याउनका लागि संसदमा विधेयक पेश गरिने बताए । प्रदेश ५ ट्राफिक प्रहरीले शनिवारदेखि शुरु गरेको सडक सभ्यता अभिवृद्धिमूलक साताव्यापी कार्यक्रममा बोल्दै मन्त्री केसीले दुर्घटना न्यूनीकरणका लागि सबैको सक्रियता आवश्यक पर्ने बताए ।

मन्त्री केसीले दुर्घटना न्यूनिकरणका लागि सरकारले प्रयाप्त वजेटको व्यवस्था गर्न लागेको बताउँदै ट्राफिकको पुरानो कार्य शैलीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । दुर्घटनापछि कसको गल्ती छ भन्ने कुरा पत्ता लगाउनका लागि प्रदेश सरकारले बर्दघाटदेखि बर्दियासम्मको सडकमा सिसिटिभी जडान गरी निगरानीका लागि तयारी गरिएको मन्त्री केसीले जानकारी गराए ।

उनले प्रदेश ५ मा संचालित सवारी साधन चढ्दा सुरक्षित रुपमा गन्तव्यमा पुगिन्छ भन्ने कुरालाई स्थापित गराउने गरी प्रदेश सरकारले काम गर्ने प्रतिबद्वता जनाए । प्रदेश ५ का प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआईजी) पिताम्बर अधिकारीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सुधार अभियान सञ्चालन गर्न लागेको बताए । अभियान अन्तर्गत ट्राफिक नियम विपरितका गतिबिधि गर्नेलाई तत्कालै ट्राफिक नियमबारे जानकारी गराइने उनले बताए ।

सडकलाई केन्द्रित गरेर सञ्चालन गरिएको अभियानले मानिसले सडक प्रयोग गर्ने बानीलाई सुधार ल्याउने उनकोे भनाइ छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेशचन्द ,प्रहरी निरीक्षक गंगाबहादुर सारु लगायतले सप्ताहव्यापी कार्यक्रमबारे आआफ्नो धारण राखेका थिए ।

प्रभातफेरीमा सरोकारवाला, बुटवलमा क्रियाशिल विभन्नि संघसस्था, कर्मचारी, विद्यार्थीको सहभागिता रहेको थियो । सप्ताहमा रुपन्देहीसहित प्रदेश अन्र्तगतका सबै जिल्लामा दुर्घटना न्यूनीकरण गर्न चालक तथा सहचालकहरुलाई सडकमै सडक सुरक्षासम्वन्धी प्रशिक्षण दिनेदेखि विभिन्न सचेतना मुलक कार्यक्रम गरिने छ ।

प्रकाशित समय ०६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु