गृहपृष्ठ दुर्घटनामा पत्रकार शर्माको निधन
दुर्घटनामा पत्रकार शर्माको निधन
ललितपुरको सानेपामा स्कर्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्माको निधन भएको छ ।
दुर्घटनामा शर्मा र नुवाकोटका चन्द्रमणि मुडभरीको ज्यान गएको हो । दुर्घटनामा परेका उनीहरुलाई नर्भिक अस्पताल लगिए पनि उपचारका क्रममा दुवैको ज्यान गएको हो ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रकाशित समय १८:४६ बजे

















