गृहपृष्ठ सीआईबी भन्दै रात्रि बसमा लुटपाट गर्ने गिरोह पक्राउ

सीआईबी भन्दै रात्रि बसमा लुटपाट गर्ने गिरोह पक्राउ

pakrau-arrest-newskarobar

आफूहरुलाई प्रहरीको सिआईबी टीम भन्दै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा रात्रिबसमा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–१० का दिलकुमार दोङ, वडा ८ का विजय लामा, सिन्धुली हरिहरपुरका सुनिल तामाङ, रौतहट गुजरामाईका ज्ञानबहादुर थिङ, काभ्रे महाभारत गाउँपालिकाका विशाल पाख्रिन छन् । यस्तै महोत्तरीको बागडाका रमेशकुमार यादव, सिन्धुली मरिनका संघर्ष थिङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुले बा१७च ४८७६ नम्बरको स्कोर्पियो भाडामा लिएर रात्रि बसलाई पथलैयाबाट पिछा गर्दै त्यहाँ लुटपाट गर्न पुगेका थिए । लुटपाटमा प्रयोग गरेका भाडाका स्कोर्पियोसमेत प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

शुक्रबार बिहान निजगढ र पथलैयाबीचको १३ किलोमिटर जंगलमा काठमाडौंबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गरेको ना७ख २७९० को रात्रि बसमा स्कोर्पियोसहित २ वटा मोटरसाइकलमा गएका ८ जनाको समूहले लुटपाट गरेका थिए ।

उनीहरुले सहचालकलाई कुटपिट गरी ४८ हजार २ सय नगद र मोबाइलसमेत लुटेका थिए ।

प्रकाशित समय १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु