गृहपृष्ठ १८ वर्षपछि आइट्युन्स हटाउँदै एप्पल
१८ वर्षपछि आइट्युन्स हटाउँदै एप्पल
आइफोन निर्माता कम्पनी एप्पलले १८ वर्षपछि आइट्युन्स विस्थापित गर्ने घोषणा गरेको छ । सन् २००१ देखि प्रयोगमा ल्याएको आइट्युन्सलाई एप्पल म्युजिक, एप्पल पोडकास्ट र एप्पल टिभीले विस्थापित गर्न लागिएको हो ।
सान जोसेमा भएको डेभलपरहरुको वार्षिक सम्मेलनमा गोपनीयतासम्बन्धी केही नयाँ विशेषता पनि थप्ने एप्पलले जानकारी दिएको छ । प्रयोगकर्ताको इमेल तथा अरु तथ्यांक गोप्य राख्नका लागि एप्पल एप्समार्फत सामाजिक सञ्जाल प्रयोग गर्दा वैकल्पिक साइन इनको व्यवस्था गरिने भएको हो ।
यस्तै आउँदै गरेको आईओएस १३ मा आइफोन, आइप्याड तथा आइपोडमा डार्क मोड पनि हुने जनाइएको छ । यसले आँखालाई सहज हुने एप्पलले उल्लेख गरेको छ ।
प्रकाशित समय ०८:१२ बजे

















