गृहपृष्ठ वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना, आईपीटीभी र इन्टरनेटमा मासिक ७९९ रूपैयाँ मात्र
वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना, आईपीटीभी र इन्टरनेटमा मासिक ७९९ रूपैयाँ मात्र

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टीभीमा बढी मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टीभी सेवा उपलब्ध गराउने योजना ‘तहल्का’ ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले नेटटीभीले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टीभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक ७९९ रुपैयाँमै पाउनेछन् ।
इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी ‘तहल्का’ योजना ल्याएको वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए । ‘तहल्का’ अफर सस्तो भएको हुनाले आधारभूत टीभी प्रयोगकर्ताहरू, सोशल मिडियालगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरुका लागि धेरै नै उपयुक्त छ, उनले भने, ‘हाम्रो यस प्रयासले सरकारको डिजिटल नेपाल कार्यक्रमलाई समेत सघाउने छ । हामीले आईपीटीभी र इन्टरनेट सेवा दुवैका लागि मासिक ७९९ रूपैयाँ मात्र शुल्क राखेका छौ ।’
वर्ल्डलिंकले यस अफरसँगै नेटटीभी (आईपीटीभी) सेवासँगै कम्बो प्याकमा ६० एमबीपीएससम्मको उच्च गतिको इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ । ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न इन्टरनेट र टीभी प्यकेजहरू छनौट गर्न सक्नेछन् ।
प्रकाशित समय १२:५१ बजे