गृहपृष्ठ १२ वर्षदेखि जेलमा रहेका नेपालीलाई मृत्युदण्डको फैसला

१२ वर्षदेखि जेलमा रहेका नेपालीलाई मृत्युदण्डको फैसला

prasasakiya-adalat-

१२ वर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

उदयपुर बसाहा–७, बैकडाँडाका दाहालले आफ्नै नातेदार मोरङका राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए । उनी जुवेलस्थित हायल जेलमा छन् । मृत्युदण्डको फैसला पुनरावेदनले सदर गरेको हो । अदालतले पीडित पक्षलाई निजी अधिकारसम्बन्धी कानुन प्रयोग गर्न दिनसमेत अस्वीकार गरेको छ ।

अब पीडित पक्षले ‘ब्लडमनी’ लिइ माफी दिन पनि पाउने छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले १२ वर्ष जेलमा बसिसकेको र पीडित पक्षले माफी दिइसकेको हुँदा दाहाललाई माफी दिन साउदीका राजासमक्ष पत्र पठाएकी छिन् ।

प्रकाशित समय ०९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु