गृहपृष्ठ स्कूल बसको झ्यालबाट टाउको निकाल्दा ठोकिएर बालकको मृत्यु
स्कूल बसको झ्यालबाट टाउको निकाल्दा ठोकिएर बालकको मृत्यु
सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ ।
सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बोर्डमा ठोक्किँएर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४ वर्षीय रमिस श्रेष्ठ छन् । घटनापछि बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।(रासस)
प्रकाशित समय १०:०४ बजे

















