गृहपृष्ठ रिहा हुने बित्तिकै फेरि पक्राउ परे विप्लवका कार्यकर्ता
रिहा हुने बित्तिकै फेरि पक्राउ परे विप्लवका कार्यकर्ता
नेत्र विक्रम चन्द (विप्लव) समूहका नेता तथा कार्यकर्ता कारागारबाट छुट्नेबित्तिकै पक्राउ परेका छन् ।
शनिबार कास्कीको घान्द्रुकबाट पक्राउ परेका १८ जनामध्ये ९ जनालाई उच्च अदालत पोखराले बिहीबार छोड्न आदेश दिएको थियो । थुनामुक्त गर्ने आदेशको केही समयमा नै अदालत परिसरबाटै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
आरोपीका आफन्तले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालतले रजिष्ट्रार जितेन्द्रबाबु थपलियाको रोहवरमा बिहीबार नै थुनामुक्त गर्न आदेश दिएको थियो ।
पक्राउ पर्नेमा मिलन राई, जंगबहादुर भण्डारी, काजी गुरुङ, प्रकाश बास्तोला, आस्था नेपाली, सन्तोष परियार, सुजन सापकोटा, राजन साउद र गगन परियार छन् ।
प्रकाशित समय ०८:४४ बजे

















