गृहपृष्ठ बलात्कार मुद्दामा दोषी ठहर व्यक्ति ६ वर्षपछि पक्राउ
बलात्कार मुद्दामा दोषी ठहर व्यक्ति ६ वर्षपछि पक्राउ
१३ वर्षीया बालिका बलात्कार मुद्दामा फरार एक व्यक्ति पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोक साबिक पोखरीचौरी–४ का रमेश थापालाई केन्द्रीय अनुसन्धान ब्युरोका टोलीले कीर्तिपुरको नयाँबजारबाट पक्राउ गरेको हो । काभ्रेकै साबिक पोखरीचौरीकी बालिकालाई चक्कु देखाएर बलात्कार गरेको अभियोगमा अदालतले उनलाई ८ वर्ष कैद सुनाएको थियो । २०७० साल मंसिर १६ गते उनले बालिकालाई बलात्कार गरेका थिए ।
फैसला कार्यान्वयनका लागि थापालाई जगन्नाथदेवल कारागार काठमाडौं चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ११:३८ बजे

















