गृहपृष्ठ लहानमा लागुऔषधसहित तीन पक्राउ

लहानमा लागुऔषधसहित तीन पक्राउ

pakrau-arrest-newskarobar

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका–८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका– ७ निवासी ३४ वर्षीय रवि भुजेललाई पक्राउ गरेको हो ।

भारतीय बजारतर्फबाट को३८प ३८९६ नम्बरको स्कुटीमा सवार तीनैजनामाथि शंका लागेर जाँच गर्दा स्कुटी चालक महतोको साथबाट लागुऔषध नाइट्रोसन ट्याब्लेट १० बरामद भएपछि तीनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु