गृहपृष्ठ देशभर आंशिकदेखि सामान्य बदली, मेघ गर्जनसहित वर्षाको सम्भावना
देशभर आंशिकदेखि सामान्य बदली, मेघ गर्जनसहित वर्षाको सम्भावना
बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पूर्व तथा मध्य भेगका केही र पश्चिमी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी असार ५ गते बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशभर आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
असार ६ गते शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाकाे विज्ञप्तिमा छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित समय १०:४५ बजे

















