गृहपृष्ठ द्विपक्षीय हितका लागि परामर्श संयन्त्र स्थापना
द्विपक्षीय हितका लागि परामर्श संयन्त्र स्थापना
नेपाल र फिनल्यान्डबीचको साथ, सहयोग र समर्थनलाई अझ घनीभूत तुल्याउने उद्देश्यले दुवै मुलुकबीच परामर्श संयन्त्र स्थापना भएको छ ।
द्विपक्षीय परामर्श स्थापनासम्बन्धी समझदारीपत्रमा शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजिक एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव घनश्याम भण्डारी र नेपालका लागि फिनल्यान्डका राजदूत पेर्ती आन्तिनेनले हस्ताक्षर गरे ।
अब दुवै देशले नियमित रुपमा हेलसिन्की र काठमाडौँमा द्विपक्षीय हितका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका मामिलामा परामर्श गर्नेछन् । नेपाल र फिनल्यान्डबीच ४५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीचले आपसी हित र चासोका विविध विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा साझेदारी गर्दै आएका छन् । (रासस)
प्रकाशित समय १६:०७ बजे

















