गृहपृष्ठ ब्राउन सुगरसहित पक्राउ परेका युवकको उपचारका क्रममा मृत्यु
ब्राउन सुगरसहित पक्राउ परेका युवकको उपचारका क्रममा मृत्यु
प्रहरीले नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ परेका धनगढीका एक युवकको शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको छ ।
भारतबाट लागुऔषध खरिद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका क्रममा पक्राउ परेका धनगढी उपमहानगरपालिका– २ का ३७ वर्षीय सञ्जय न्यौपानेको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
न्यौपानेले प्लास्टिकमा पोको पारिएको ब्राउन सुगर मलद्वारभित्र लुकाएर राखेको पाइएपछि अस्पताल लगी चिकित्सकको सहयोगमा निकालिएको प्रहरी नायब निरीक्षक बस्नेतले बताए । पक्राउ परेको दिनदेखि नै अस्पतालमा उपचाररत मृतक न्यौपाने लागुऔषध सेवनकर्ता पनि भएको बताइएको छ । (रासस)
प्रकाशित समय १४:४१ बजे

















