गृहपृष्ठ पत्रकार गजेन्द्र बुढाथोकी सम्मानित
पत्रकार गजेन्द्र बुढाथोकी सम्मानित
पत्रकार गजेन्द्र बुढाथोकी सम्मानित भएका छन् । शिवपुरी मिडिया नेटवर्कले नेटवर्कको तेस्रो, अग्निवाण पाक्षिक पत्रिकाको बाह्रौं र सगरमाथा पोष्ट डट कमको छैटौं वार्षिकोत्सवको अवसरमा पत्रकार बुढाथोकीलाई सम्मान गरेको हो ।
नेपाल पुलिस क्लवमा आयोजित वार्षिकोत्सव कार्यक्रममा शिवपुरी मिडियाले प्रकाशन गरेको स्मारिका विमोचन तथा अपांगता सहायता कोषको घोषणा र शिवपुरी मिडिया सम्मान कार्यक्रम गरिएको हो । कार्यक्रममा व्रह्मकुमारी कुसुमले क्रान्तिकारी परिवर्तनमा मिडियाको विशिष्ट योगदान रहेको बताइन् । स्वामी आनन्द अरुणले मौलिक संस्कृतिले भरिपूर्ण हाम्रो समाजमा मिडियाले संस्कृति सरक्षणमा समेत योगदान गर्नुपर्ने धारणा राखे ।
कार्यक्रमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कारोबार दैनिकका बुढाथोकी, कृषि क्षेत्रमा योगदान गर्ने रामप्रसाद पुडासैनी, तारकेश्वर नगरपालिका–९ का अध्यक्ष बलराम सिटौला, युवा उद्यमी नजिर हुसैन, पत्रकार राजु भट्ट, विकास थपलिया, मुकुन्द कालिकोटे, बलराम खड्का, चन्द्रिका आचार्य, अनुजकुमार श्रेष्ठ, माधवप्रकाश सुवेदीलगायत छन् ।
प्रकाशित समय ०७:०९ बजे

















