गृहपृष्ठ गाडीको ठक्करबाट ७६ वर्षीय वृद्धको मृत्यु

गाडीको ठक्करबाट ७६ वर्षीय वृद्धको मृत्यु

accident-newskarobar

महोत्तरीको औरहीमा सोमबार बिहान गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरियामा दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो । गाडीको ठक्करबाट उनको मृत्यु भएको भनिएपछि ठक्कर दिने गाडी भने फेला नपरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

रायको शव परीक्षणको लागि जलेश्वर पठाइएको छ । ठक्कर दिने गाडी र चाललको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु