गृहपृष्ठ गैंडाको खागसहित ३ जना पक्राउ
गैंडाको खागसहित ३ जना पक्राउ
गैंडाको खागसहित काठमाडौंबाट तीन पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसरको टोलीले गोरखा चुमनुब्री गाउँपालिका– ३ का लालबहादुर गुरुङ, मकवानपुर गढी गाउँपालिका– २ का अष्टबहादर थिङ र धादिङ महादेववेसी थाक्रे गाउँपालिका– ११ का गोविन्द मोक्तानलाई बुधबार पक्राउ पक्राउ गरेको हो ।
ढल्कुस्थित लालबहादुरको कोठामा तलासी गर्दा खागसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खाग ५५ लाख रुपैयाँमा बिक्री हुन लागिरहेको सूचनाका आधारमा प्रहरी लालबहादुरको कोठामा पुगेको थियो ।
पक्राउ परेका तिनै जनालाई महानगरीय प्रहरी बृत्त लैनचौरमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:०६ बजे

















