गृहपृष्ठ एसईईको नतिजा आज प्रकाशन हुने, निर्णयका लागि बोर्ड बैठक बोलाइयो
एसईईको नतिजा आज प्रकाशन हुने, निर्णयका लागि बोर्ड बैठक बोलाइयो
एसईई परीक्षाको नतिजा आज प्रकाशित हुने भएको छ ।
नतिजा प्रकाशनको निर्णयका लागि बिहीबार दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
एसईईको नतिजा नेपाल टेलिकम प्रयोगकर्ताले १६०० मा फोन डायल गरी बुझ्न सक्नेछन् । यस्तै मोबाइलको म्यासेज बक्समा गई see<space>Symbol नम्बर राखि १६०० मा पठाउन सकिनेछ । अथवा यो वेवसाइटमा लग इन गरेर पनि रिजल्ट थाह पाउन सकिनेछ ।
अघिल्लो वर्षको तुलनामा यस पटक एक साता नजिता प्रकाशनमा ढिलाई भएको हो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि र कर्मचारी समायोजनका कारण पनि नतिजा ढिला गरी आउन लागेको हो ।
संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।
प्रकाशित समय ०७:३३ बजे

















