गृहपृष्ठ देवघाटमा पौडी खेल्दा एक बेपत्ता, एकको उद्धार
देवघाटमा पौडी खेल्दा एक बेपत्ता, एकको उद्धार
देवघाटस्थित कालीगण्डकी नदीले बिहीबार साँझ पौडी खेल्न आएका दुई युवालाई बगाएको छ । नदीमा आएको बाढीले बगाउँदा काठमाडौँका २१ वर्षीय किरण घिमिरे बेपत्ता भएका छन् भने अर्का चितवन भरतपुरका २३ वर्षीय शिवहरि सुवेदीको जीवितै उद्धार गरिएको छ । कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा बगेका सुवेदी र घिमिरे मामा–भान्जा हुन् ।
प्रकाशित समय १३:०५ बजे

















