गृहपृष्ठ करेन्ट लागेर अढाई वर्षे हात्तीको मृत्यु

करेन्ट लागेर अढाई वर्षे हात्तीको मृत्यु

फाइल तस्बिर ।

झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा एक हात्ती मृत फेला परेको छ । सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।

सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो । जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

हात्ती अढाई वर्षको रहेको सहायक वन अधिकृत जीवन पाठकले बताए । जिल्ला वन कार्यालयको तथ्यांक अनुसार झापामा एक दशकयता १० हात्तीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ३९ जनाले ज्यान गुमाएका छन् ।(रासस)

प्रकाशित समय ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु