गृहपृष्ठ संखुवासभामा भरुवा बन्दुकसहित एक पक्राउ
संखुवासभामा भरुवा बन्दुकसहित एक पक्राउ
संखुवासभाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा वाना प्रहरीले पाँचखपन–६, संखुवामगर गाउँका २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रानालाई घरभित्र लुकाई ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको हो । बन्दुकसहित पक्राउ परेका रानामगरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित समय ०९:०६ बजे

















