गृहपृष्ठ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा १ जनाको मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा १ जनाको मृत्यु
चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
नारायणगढबाट काठमाण्डौं जाँदै गरेको ना५ख २६ ५९ नम्बरको ट्रक र काठमाण्डौबाट चितवन आउँदै गरेको बा८०प ८६ ५७ नम्बरको मोटरसाईकल भरतपुर महानगरपालिका २९ खहरेपुलमा ठोकिएका थिए । दुर्घटनामा मोटरसाइकल चालक मोरङ हरैँचाका राजेन्द्र चौधरीको मृत्यु भएको हो ।
पछाडी बस्ने सिन्धुलीका मुरारीप्रसाद बराल घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०८:४७ बजे

















