गृहपृष्ठ प्रेमीसँग मिलेर छोरीले गरिन् आमाको हत्या, कन्ट्रयाक्ट किलरसहित ४ जना पक्राउ

प्रेमीसँग मिलेर छोरीले गरिन् आमाको हत्या, कन्ट्रयाक्ट किलरसहित ४ जना पक्राउ

भक्तपुरको चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको हत्या आफ्नै छोरीले गराएको खुलेको छ । आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गराएको खुलेको हो ।

भट्टराईको घाँटी रेटेर हत्या भएको थियो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मृतककी छोरी ईश्वरी, उनकी प्रेमी सिरहाका मोहम्मद नौसाद र दुई भारतीय भाडाका अपराधी रहेका छन् । उनका प्रेमी नौसादलाई प्रहरीले गएराति धादिङको गजुरीबाट नियन्त्रणमा लिएको हो ।

हत्या योजनाकार ईश्वरी

२७ वर्षीया छोरी ईश्वरीले आफ्नी आमाले नौसादसँग सम्बन्धमा रहेको थाहा पाएपछि हत्याको योजना बुनेको पाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
उनले प्रेमीसँग मिलेर आमाको हत्या गर्न भारतीय कन्ट्राक्ट किलर अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइसलाई १२ लाख रुपैयाँ बुझाएकी थिइन् ।

पक्राउ परेकामाथि ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु