गृहपृष्ठ अवैधरुपमा बसेका रुसी पक्राउ

अवैधरुपमा बसेका रुसी पक्राउ

pakrau-arrest-newskarobar

अवैधरुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजातबिना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको हो ।

पर्यटकीयस्थल लेकसाइडमा माला, क्युरियोलगायत सामग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई प्रहरीले आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय पोखरालाई बुझाएको थियो । उनलाई मंगलबारै अध्यागमन विभाग काठमाडौँ पठाइएको छ । (रासस)

प्रकाशित समय १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु