गृहपृष्ठ दीपक मनाङे नेकपामा प्रवेश

दीपक मनाङे नेकपामा प्रवेश

गण्डकी प्रदेश सांसद राजीव गुरूङ (दीपक मनाङे) नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले मनाङेलाई बिहीबार पार्टी प्रवेश गराएका हुन् । मनाङे मनाङबाट प्रदेशसभामा विजयी भएका थिए । तत्कालीन नेकपा (एमाले)की उमेद्वार खाण्डा लामा गुरुङले उमेद्वारी फिर्ता लिएर समर्थन गरेपछि मनाङे विजयी भएका थिए ।

फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर मनाङले थुनामा नबसी मुद्दा लड्न सक्ने सर्वोच्च अदालतको फैसलापछि प्रदेश सांसदको सपथ लिएका थिए ।

प्रकाशित समय ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु