गृहपृष्ठ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सांकेतिक तस्बिर ।
सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका दुई छोरीको मृत्यु भएको छ । वडा नं ४ स्थित साझा पोखरीमा छ वर्षीया लक्ष्मीकुमारी र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेल्दाखेल्दै शुक्रबार साँझ पोखरीमा डुबेर दुवै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
प्रकाशित समय १२:२१ बजे

















