गृहपृष्ठ सिस्ने र रुकुमकोटमा अवैध मदिरा नष्ट

सिस्ने र रुकुमकोटमा अवैध मदिरा नष्ट

सदरमुकामसमेत रहेको सिस्ने गाउँपालिका–५ र ६ रुकुमकोटका विभिन्न बजार तथा घरबाट बरामद गरिएको घरेलु मदिरा नष्ट गरिएको छ ।

मदिराकै कारण समुदायमा विभिन्न किसिमका घटना हुने भएकाले घरेलु मदिरा उत्पादन र बिक्री वितरणमा रोक लगाउने उद्देश्यले अभियानकै रुपमा अवैध मदिरा नियन्त्रणमा लिइ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए ।

उनका अनुसार सिस्नेको वडा नं ५ र ६ का चोकबजार तथा छिप्रिदहका विभिन्न भट्टी पसल, होटल तथा अवैध घरेलु मदिरा उत्पादन र बिक्री वितरण हुने सम्भावित स्थानमा जाँच तथा अनुगमनका क्रममा गैरकानुनी रुपमा बिक्री वितरणका लागि राखिएको घरेलु मदिरा नष्ट गरिएको हो ।

त्यसैगरी उक्त मदिरा बनाउन प्रयोग गरिने १ हजार १ सय लिटर कच्चा पदार्थ पनि बरामद गरी नष्ट गरिएको छ । प्रहरीले रुकुम (पूर्व) मा पछिल्लो समय घरेलु अवैध मदिरा नष्ट गर्ने कामलाई निरन्तरता दिइरहेको छ । (रासस)

प्रकाशित समय १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु