गृहपृष्ठ चिर्पट प्रहार गरी अछाममा ससुरा र ठुलाेबुबाको हत्या
चिर्पट प्रहार गरी अछाममा ससुरा र ठुलाेबुबाको हत्या
सांकेतिक तस्बिर
अछामको मंगलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुंगानीमा चिर्पट प्रहार गरी दुई जनाको हत्या भएको छ ।
स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई मंगलबार राति चिर्पट प्रहार गरी हत्या गरेका हुन् । राति १२ बजेपछि एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई चिर्पट प्रहार गरेको प्रहरीले जनाएको छ । रोक्न खोज्दा श्रीमतीलाई समेत चिर्पट प्रहार गर्न थालेपछि उनले भागेर ज्यान बचाएकी छन् ।
घटनास्थलमा अछाम जिल्ला प्रहरी कार्यालयको टोली पुगिसकेको छ । फरार पिरमकुमारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:०१ बजे

















