गृहपृष्ठ भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच झडप, दुवैतर्फ एक-एक जनाको मृत्यु

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच झडप, दुवैतर्फ एक-एक जनाको मृत्यु

goli-prahar2-newskarobar

भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको छ ।

घटनामा प्रहरी जवान सञ्जीव राई र विप्लवका एक जना कार्यकर्ताको मृत्यु भएको भोजपुरका प्रहरी नायव उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए । ड्युटीमा रहेका प्रहरीमाथि बिहान ८ बजेतिर विप्लवका कार्यकर्ताले एक्कासी आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको मगरले बताए । मारिनेमा विप्लव समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राई छन् । उनको साथबाट एक थान पेस्तोलसमेत बरामद भएको प्रहरी नायव उपरीक्षक मगरले जानकारी दिए ।

अहिले भोजपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । भोजपुर प्रहरीको मद्दतका लागि प्रदेश एकबाट प्रहरीको टोली पठाएको छ ।

प्रकाशित समय १०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु