गृहपृष्ठ कारको ठक्करबाट लाजिम्पाटमा स्कुटर चालकको मृत्यु

कारको ठक्करबाट लाजिम्पाटमा स्कुटर चालकको मृत्यु

durghatna1-newskarobar

काठमाडौंको लाजिम्पाटमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

नम्बर नखुलेको रातो रंगको कारले बुधबार राति सांग्रिला होटल अगाडि बा९३प २०५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक भिमबहादुर गुरुङको मृत्यु भएको हो । उनको ठेगना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते भएका गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार स्याङजाका सन्तोष घर्ती घाइते भएका छन् । उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । ठक्कर दिएर भागेको कारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु