गृहपृष्ठ बलात्कारको प्रयास गर्नेलाई ६ वर्ष कैद
बलात्कारको प्रयास गर्नेलाई ६ वर्ष कैद
१३ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पंकजकुमार दासलाई अदालतले बिहीबार ६ वर्ष कैदको सजाय सुनाएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले आरोपितलाई ६ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय गर्नुका साथै पीडितलाई १५ हजार क्षतिपूर्ति दिलाउन आदेश दिएको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए ।
घर फर्किरहेकी बालिकालाई विसं २०७५ असार ३१ गते राति घर लगेर बलात्कार प्रयास गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७५ असार ३२ गते अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी उद्योगको उजुरी दर्ता गरेका थिए ।
गत साउन १ गते पक्राउ परेका आरोपित जिल्ला अदालतको आदेशमा गत साउन २९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । आरोपितले भने अपहरण तथा बलात्कार प्रयासको आरोप अस्वीकार गर्दै आएका छन् ।(रासस)
प्रकाशित समय ०९:३५ बजे

















