गृहपृष्ठ अछाममा विषालु च्याउ खाँदा १ को मृत्यु, दुई जनाको अवस्था गम्भीर

अछाममा विषालु च्याउ खाँदा १ को मृत्यु, दुई जनाको अवस्था गम्भीर

अछाममा जंगली च्याउ र निहुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ ।

रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जंगली च्याउ खाँदा ६ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो । आइतबार बेलुका जंगली च्याउ र निहुुरोको तरकारी खाने मृतक मनिषाका आमा नरपता बोहरा र दाजु रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर भएका आमाछोराको अहिले बयलपाटा अस्पातालमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित समय ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु