गृहपृष्ठ जुम्लामा ४०२ वटा लघु, घरेलु तथा साना उद्योग दर्ता

जुम्लामा ४०२ वटा लघु, घरेलु तथा साना उद्योग दर्ता

जुम्लामा उद्योग स्थापना गर्ने क्रम बढ्दो छ । साना उद्योग तथा घरेलु विकास समिति जुम्लाले चालु आर्थिक वर्षमा ४  सय २ वटा लघु, घरेलु तथा साना उद्योग दर्ता भएको जनाएको छ । ती उद्योगमा १ हजार ४८४ जनाले रोजगारी पाएको समितिले जनाएको छ ।

‘समितिले सीपमूलक तालिम सञ्चालन गरेपछि जिल्लामा उद्योग दर्ता गराउनेको संख्या वृद्धि भएको हो,’ कार्यालय प्रमुख हरिभगत श्रेष्ठले भने, ‘कार्यालयले सञ्चालन गरेको सीपमूलक तालिम अहिलेसम्म ३ हजार ७८७ जनाले लिइसकेका छन् ।’ कार्यालयले रैथानेबाली प्रशोधन, सिलाइ कटाइ, ढाका बुनाइ, हाते होजियारी, प्लम्बिङलगायत तालिम प्रदान गरेको उनले जानकारी दिए ।

दुई उद्यमी पुरस्कृत

जुम्लाको चन्दननाथ नगरपालिकाले दुईजना उद्यमीलाई मुख्यमन्त्री उत्कृष्ट कृषि पुस्कारबाट सम्मान गरेको छ । सम्मानित हुनेमा चन्दननाथ–४ मालाभिडका लोकमणि पक्षीपालक उद्योगका सञ्चालक रीता चौलागाईं ( बुढ्थापा) र चन्दननाथ–३ शान्ति नगरका चेरेमालिका बाख्रापालन समूहका उद्योगी लोकबहादुर रोकाया छन् । नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले उनीहरुलाई १५ हजार रूपैयाँसहित प्रमाणपत्रद्वारा सम्मान गर्दै राम्रो गर्ने उद्यमी र किसानलाई प्रोत्साहित गरिएको बताए । (रासस)

प्रकाशित समय १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु