गृहपृष्ठ ओखलढुंगामा भीरबाट लडेर २२ वर्षीया युवतीको मृत्यु
ओखलढुंगामा भीरबाट लडेर २२ वर्षीया युवतीको मृत्यु
सांकेतिक तस्बिर
ओखलढुंगामा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ की २२ वर्षीया कविता आलेमगरको भीरबाट लडेर मृत्यु भएको हो ।
मंगलबार बिहान घरबाट स्थानीय जंगलमा घाँस काट्न जाँदा भीरबाट लडेर गम्भीर घाइते बनेकी उनको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय २०:४८ बजे

















